Friday, 2 September 2011

म प्रजातन्त्रवादी, मानव अधिकारमा विश्वास राख्ने चेतनशिल प्राणी हुं


म प्रजातन्त्रवादी, मानव अधिकारमा विश्वास राख्ने चेतनशिल प्राणी हुं त्यसैले तानशाहि, बलजबर्जस्ती, डर धम्की र त्रासको राजनीतिको बिरोध गर्दछु कुनै सिद्धान्त र वादको हैन।


नेपालस्पेन न्युज (Nepalspain news) का शिवराज सिग्देल सँगको अन्तर्वाता
एकराज गिरी,अध्यक्ष (जन-सम्पर्क समिती, स्पेन)

प्रश्न नं (१) तपाई को परिचय सहित राजननीतिमा कसरि आउनु भयो प्रस्ट पारिदिनुस न।
उत्तर :- मेरो नाम एकराज गिरी, घर बाग्लुङ्ग जील्ला क्षेत्र नं २, पैयुंपाटा बलेवा हो। २०४६ सालको जन-आन्दोलनमा रातिमा स्थानिय स्तरमा साथिहरु, अग्रज दाजुहरु सहित पंचायतको बिरोधमा शंख बजाउने, कालो झण्डा गाड्ने गरिन्थ्यो। त्यसै क्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल हामीहरुको एरियामा कार्यक्रम गर्ने सिलशिलामा बाग्लुङ्गमा जेलमा पर्नु भएको र उहाँसंगै मेरो भतिजा बिष्णु गिरी पनि जेलमा परेकाले भेटघाटका क्रमले राजनितिमा मलाई डोराएको हो।
प्रश्न नं (२) संगठनको बिस्तार र कार्यक्रमको बारेमा के छ नी ?
उत्तर :- संगठन विस्तारका बारेमा कुरा गर्नु पर्दा स्पेनका विभिन्न ठाउंहरुमा बस्ने लोकतन्त्रवादी साथिहरुसँग भेटेर उहाँहरुलाई संगठित बनाउने योजना छ। त्यसका लागि साथिहरुसँग कुरा भैइरहेको छ। तर विदेशको बसाई, कामको समस्या जस्ता कुराहरुले गर्दा मुर्त रुपमा अगाडी बढाउन सकिएको छैन। तर पनि छिटोनै त्यस बारेमा पहल अगाडी बढ्ने कुरामा आशावादी छु।
कार्यक्रमका बारेमा भन्नु पर्दा हामीहरुले वकिलसँग अन्तर्क्रिया कार्यक्रम राखेर नेपाली साथिहरुलाई यहाँका नियम कानुनहरुका बारेमा समय समयमा जानकारी गराउने गरेका छौं। नेपाली कला र संस्क्रितीको संरक्षणका लागि स्थानिय र नेपाल देखि पनि कलाकारहरु ल्याएर सांस्क्रितिक कार्यक्रम गरेर नेपाली समुदायलाई मनोरन्जन दिने गरेका छौं। नेपाली साथिहरु माझ सुमधुर सम्बन्ध होस् भनि समय समयमा भलिवल खेल खेलाउने गरेका छौं। नेपाली डकुमेन्ट्री, नेपाली चलचित्र प्रदर्शन गरेर नेपाल प्रतिको यहाँ बस्ने नेपाली समुदायको भावनालाई पुनर्ताजकी गराउने प्रयास गरेका छौं। २०१२ अप्रिलमा (२०६९) को नेपाली नयाँबर्षलाई नेपाल डे का रुपमा मनाएर नेपाललाई यहाँका स्पानिसहरुमाझ पनि परिचित गराउने योजनामा लागेका छौं।
प्रश्न नं (३) तपाई त काँग्रेसको नेता अनि लोकतान्त्रिक मंचको मुख-पत्र र प्रगतिशिल मंचको बिरोधि भन्दछन नी?
उत्तर :- स्पेनका सम्पुर्ण नेपाली संस्थाहरु मेरा लागि र जन-सम्पर्क समितिका लागि समान द्रिष्टिकोणमा छन्। लोकतान्त्रिक मंच र जनप्रगतिशिल मंच राजनैतिक संस्थाहरु हुनाले प्रतिस्पर्धी संस्थाको रुपमा लिनु स्वभाबिक हो। नेपालको १० बर्षे जनयुद्धकालमा बिस्थापित र पलायन हुने थुप्रै युवाहरु मध्यको म पनि एक हुं। जनयुद्धकालको राजनैतिक अवस्थाले ज्यानै जोगाउन समस्याका देखिएका कारण विदेशिएको थाहापाउने साथिहरुले जनप्रगतिशिल मंच प्रति म कठोर छु होला भनेर अनुमान लगाउनु स्वभाविक हो तर म कुनै संस्था प्रति बिरोधी र कुनै संस्था प्रति मित्र हैन। आवश्यकता अनुरुप उहाँहरुको व्यवहार हेरेर ती संस्थाहरु प्रतिको मेरो योजना बनाउने गर्दछु। समग्रमा म प्रजातन्त्रवादी हुं र प्रजातन्त्र प्रति आवद्ध, प्रजातन्त्र प्रति उदारभाव राख्नेहरु सबै प्रतिको मेरो ब्यवहार र द्रिष्टिकोण समान छ चाहे त्यो लोकतान्त्रिक मंच होस् चाहे त्यो जनप्रगतिशिल मंच।
प्रश्न नं (४) अरुलाई प्रयोगमा ल्याई आफु नेता बन्ने किसिमको नेतृत्व गर्नुहुन्छ भन्छन नी?
उत्तर:- कागले कान लग्यो भनेर कानै नछामिकन कागको पछाडि दौडने मेरो वानी छैन। नेपाली संस्थाहरुको नेत्रित्व गरेर नेपाली समुदायका लागि केही गर्न सक्ने मान्छे हो भनेर मलाइ साथिहरुले चिन्नु हुन्छ। साथिभाईहरुको सहयोग अनी नेपाली समुदायले पत्याएर नै म जन-सम्पर्क समिति स्पेनको अध्यक्ष भएको हुं। साथिभाइहरुको सहयोगलाई कसैले प्रयोग भन्ठान्छ भने मेरो भन्नु केही छैन, कसैलाई प्रयोग गरेर म नेता वन्नु छैन।
प्रश्न नं (५) कम्युनिस्टहरुको खेदो खन्न खोज्ने तर उनिहरु कै खोल ओडेर चुनाब जित्नु भयो भन्ने निकै आरोप छ नी?
उत्तर :- जन-सम्पर्क समिति भनेको नेपालको राजनैतिक संस्था नेपाली कांग्रेसको बिदेश निकाय (भात्रि संगठन) हो। अनी जन-सम्पर्क समिति स्पेनको अधिवेशनमा भिन्न विचार धारा राख्ने साथिहरु (कम्युनिष्ट)को खोल ओढ्ने भन्ने कुरा कता बाट आयो र त्यसको आवस्यकता किन पर्‍यो, हैन र? जहाँसम्म कम्युनिष्टहरुको खेदो खन्ने भन्ने सवाल छ खेदो उहाँहरुको खनेको हैन। म प्रजातन्त्रवादी, मानव अधिकारमा विश्वास राख्ने चेतनशिल प्राणी हुं त्यसैले तानशाहि, बलजबर्जस्ती, डर धम्की र त्रासको राजनीतिको बिरोध गर्दछु कुनै सिद्धान्त र वादको हैन।
प्रश्न नं (६) तपाईको सस्था राजनैतिक सस्था हो यसले नेपालीका लागि के गर्न सक्दछ?
उत्तर :- तपाईंको संस्था भन्ने प्रश्न अली कस्तो कस्तो लाग्यो मलाई। संस्था मेरो हैन, लोकतन्त्रवादी सम्पुर्ण नेपालीहरुको हो। र यो संस्थाले नेपालीहरुका लागि के के गर्न सक्दछ भन्ने बारेमा भन्नु पर्दा यहाँलाई मुख्य तया हामीहरुले जन-सम्पर्क समिति स्पेनको पहल र संयोजनमा छुट्टाछुट्टै दुई ठाउंमा २ वटा ज्ञापन-पत्र बुझाएका छौं त्यो नै यहाँ राखे पछी यहाँलाई जन-सम्पर्क समिति स्पेनको कार्यक्रमको बारेमा प्रस्ट हुने छ।
बुंदा (क) :-
जन-सम्पर्क समिति स्पेनद्वारा कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री (Director de
Imigracion de Generalitat de Catalunya) मार्फत स्पेन सरकारलाई एक ज्ञापन-पत्र
बुझाइयो।
(१) एक वर्षसम्म स्पेनमा पाड्रोनामिएन्तो गरेर बसेका बिदेशीहरुले ट्याक्समा काम
गर्ने अनुमती पाउनु पर्छ।
(२) यसरी ट्याक्समा काम गरेका ब्यक्तिहरुले २ वर्षसम्म यहाँको सरकारलाई ट्याक्स
तिरेर काम गरेको खण्डमा अराईगो मार्फत ३ वर्ष पछि यहाँको रेसिडेन्ट कार्डका लागि
पेपरहरु सहित निवेदन दिंदा बिना सर्त र बिना कामको कन्ट्र्याक्ट त्यो कागज पाउनु
पर्छ। र ३ बर्ष बसिसकेकालाई बिना सर्त यहाँ बस्ने र काम गर्ने अनुमती दिनुपर्ने।
(३) दक्षिण अमेरिकाका नागरिक सरह नेपालीहरुले पनि यहाँको रेसिडेन्ट कार्ड भएको ५
(पांच) वर्ष भित्रमा स्पेनको पासपोर्ट पाउने अधिकार हुनुपर्छ।
(४) घरेलु कामदारहरुलाई अन्य कामदारहरु सरह बेरोजगार भत्ताको व्यवस्थाहुनु पर्दछ।
(५) स्पेनमा बस्ने नेपालीहरुको परिवार पुनर्मिलनका लागि गरिने सम्पुर्ण कागजी
प्रक्रियाहरु नेपालको काठमाण्डौ स्थित स्पेनिस कन्सुलर मार्फत हुनुपर्दछ।
(६) स्पेन र नेपालको दैत्य सम्बन्ध पुरानो भएता पनि प्रगाढ हुन नसकेको महशुस भएकाले
त्यसका लागि पनि ध्यानाकर्षण गराएर जन-संपर्क समिती स्पेनद्वारा नेपाल र स्पेनको
सम्बन्ध प्रगाढ बनाउनका लागि पुलको काम गर्न तयार रहेकोछ।

यही सन २०११ जुलाई २६ तारिख मंगलबार बिहान १०:०० बजे बुझाइएको उक्त ज्ञापन-पत्र
माथी टिप्पणी गर्दै Sr. Xavier Bosch ले जन-सम्पर्क समितिद्वारा राखिएका हरेक
मागहरुमा आफू सहमत भएको र त्यसको लागी सक्दो पहल गर्ने द्रिढता ब्यक्त गर्दै पांच
(५) नम्बर बुंदामा आफ्नो ध्यान बढी केन्द्रित भएको र त्यसका लागि बढी भन्दा बढी पहल
गर्ने अनी जन-सम्पर्क समितिले पनि नेपालको सरकारसँग यसबारेमा विशेषरुपमा आवाज उठाइ त्यताबाट पनि पहल गरेमा छिटो भन्दा छिटो समस्या समाधान हुने कुरामा आंफु विस्वस्त रहेको कुरा बताउनु भयो। साथै उहाँको तर्फबाट नेपाली जन-सम्पर्क समितिलाई हरेक
क्षेत्रमा सक्दो सहयोग गर्ने कुरामा बिस्वस्त पार्नु भयो।

बुंदा (ख) :-
नेपाली जन-सम्पर्क समिति स्पेनको सक्रियतामा स्पानिस सरकारलाई सन २०११ जुलाई २६ तारिखका दिन कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री मार्फत ज्ञापन-पत्र बुझाई स्पेनमा बस्ने नेपालीहरुको हित र अधिकारका बारेमा सकरात्मक जवाफ पाईएको कुरा सबैलाई अवगत नै छ। सोही प्रक्रिया अनुरुप कतिपय कुराहरु दुई देश (नेपाल र स्पेन) को कुटनैतिक पहलमा निर्भर रहने हुँदा सो को निराकरणका लागि जन-सम्पर्क समिति स्पेनको पहल र संयोजनमा नेपाली दुतावास पेरिस फ्रान्समा सन २०११ अगस्त १९ तारिखका दिन एक डेलिगेसन मार्फत नेपाल सरकार र नेपाली दुतावासको ध्यानाकर्षण गराईयो।भेटघाट अत्यन्तै सकरात्मक र सौहार्दपुर्ण भयो। महामहिम राजदुत मोहनकृष्ण श्रेष्ठ, जिवनप्रकाश श्रेष्ठ, भरत खनाल ज्यु लगाएत सम्पुर्ण दुतावासका स्टाफसँग भएका छलफल र निचोडहरु :-
(१) स्पेनमा बस्ने नेपालीहरुका परिवार पुनर्मिलनका लागि नयाँदिल्लीबाट बनाउनु पर्ने मेडिकल रिपोर्टका लागि जतिसको चाडो कुरा गरेर काठमाण्डौबाट नै बनाउन पहल गर्ने।
(२) परिवार पुनर्मिलनको कागजी प्रक्रिया काठमाण्डौबाट नै गराउनका लागि नेपाल सरकारका तर्फबाट स्पेनिस सरकारलाई आधिकारिक रुपमा अनुरोध गर्ने र यसबारेमा महामहिम राजदुत ज्युले स्पेनका राजा समक्ष आफ्नो ओहदाको प्रमाण-पत्र बुझाउने क्रममा बिशेस जोडका साथ यो कुरालाई प्रस्तुत गर्ने।
(३) स्पेनमा बस्ने नेपालीहरुको पासपोर्ट बनाउन एन आर एन स्पेन मार्फत एक टीम गराएर त्यसको सिफारिसका आधारमा जतिसको सहज र सरल रुपमा उपलब्ध गराउने।
(४) अधिक्रित वारेसनामा जस्ता कागजातहरुका लागि हरेक ४/५ महिनामा दुतावासबाट एकटोलीले स्पेन भ्रमण गरि सहज गराउने।
(५) नेपालबाट पासपोर्ट गराउदा लामो समय लाग्ने हुँदा युरोपका सम्पुर्ण दुतावासहरुसँग संपर्क गरि छलफलका आधारमा नेपाल सरकारसँग कुरा गरि युरोपमा बस्ने नेपालीहरुको एम आर पी पासपोर्ट यहाँका दुतावासहरु मध्य कुनै एकद्वारा जारी गराउने।
(६) नेपालको पर्यटन बिकासका लागि स्पेनमा पनि दुतावासले त्यहाका सस्थासँग मिलेर कम्तिमा पनि ६/६ महिनामा अथवा वर्षमा एकपटक कार्यक्रम गर्ने।
(७) नेपाली दुतावास पेरिस फ्रान्स अन्तर्गतका स्पेन लगायत अन्य देशमा बस्ने नेपालीहरुसँग नियमितरुपमा संपर्क गर्ने।
(८) स्पेनमा नेपाली दुतावास स्थापना गराउनका लागि पेरिस दुतावासले पनि पहल गरिदिने।
(९) नेपाली बाबु-आमाबाट बिदेशमा जन्मेका बच्चाहरु स्वत: नेपाली हुने भन्ने नेपालको नियमलाई सचाएर स्व-इच्छामा निर्भर रहने भन्ने नियम गराउन नेपाल सरकारसँग पहल गर्ने। (१०) स्पेनको विभिन्न ठांउहरुमा बस्ने नेपालीहरुलाई स्पेनमा रहेका नेपाली कन्सुलरद्वारा गराउनु पर्ने विभिन्न किसिमका कागजातहरुका लागि म्याड्रिड अथवा बार्सिलोना धाउनु पर्ने अवस्थाले गर्दा स्पेनको भालेन्सिया, पाईसभास्को, आन्दालुथिया, कानारियन टापुहरु लगायतका ठांउहरुमा मानार्थ कन्सुलर थप्नुपर्ने लगायत अरु बुदाहरुमा छलफल र सहमती भयो। स्मरण रहोस्, जन-सम्पर्क समिति स्पेनको पहल र संयोजन, एन आर एन स्पेनको संयोजकत्व र जन-सम्पर्क समिति स्पेनका अध्यक्ष एकराज गिरीको नेत्रित्वमा गएको डेलिगेसनमा एन आर एन स्पेनका अध्यक्ष अर्जुन प्रसाद काफलेको पनि उपस्थिती थियो।
बुंदा (ग) :-
सन २०११ जुलाई २६ को स्पेनको सरकारलाई ज्ञापन-पत्र बुझाउने डेलिगेसन र अगस्त १९ को नेपाली दुतावासको डेलिगेसनका सकरात्मक कुराहरुलाई अझै प्रभावकारी गराउन, अझै जोडदार रुपमा अगाडी बढाउन पुन: नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा डेलिगेसन जानका लागि तयारी भैइरहेको छ। जसका लागि दुतावास मार्फत परराष्ट्र मन्त्रालयमा यहि अक्टोवरका लागि समय माग गरिएको छ।
प्रश्न नं (७) स्पेनमा निकै जातीय, सामाजिक, सस्था छन् यिनीहरुको उदेस्य र तपाईको सस्थाको उदेस्य एकै एकै छ कि फरक?
उत्तर :- समग्रमा नेपालीहरुको हित, नेपालको पर्यटन विकासमा टेवा पुर्याउने, नेपालको कला र संस्क्रितीको जगेर्ना गर्ने, नेपाल र नेपालीलाई यहाँ चिनाउने, कानुनी लगाएत विविध समस्यामा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने हाम्रो मुख्य उद्देस्य हो र यसमा कुनै क्षेत्र वा जातिको भनेर विवेध हुंदैन। स्पेनमा गठित जातिय, क्षेत्रिय, सामाजिक संस्थाहरुले कुनै न कुनै रुपमा नेपालीहरुलाई सहयोग गरेका छन् र नेपाललाई चिनाउने प्रयास गरेका छन्। यस अर्थमा अन्य संस्थाहरुका उद्देस्यहरु र जन-सम्पर्क समिती स्पेनका उद्देस्यहरु समान देखिन्छन्। यसको अलवा हाम्रो संस्थाको एउटा छुट्टै उद्देस्य छ त्यो हो नेपालको लोकतन्त्रको विकास र संरक्षणका लागि अन्तराष्ट्रीय आवाजलाई मुखरित गर्नु। अहिलेको अवस्थामा नेपालको लोकतन्त्र जतिवेला पनि खतरामा पर्न सक्ने स्थिति देखिएको छ त्यसको लागि अन्तराष्ट्रिय जमातको ध्यानाकर्षण गराउनु र संसारभर छरिएर रहेका लोकतन्त्रवादी नेपालीहरुलाई सजक गराईरहनु हाम्रो संस्थाको अर्को मुख्य उद्देस्य हो।
प्रश्न नं (८) युरोप जन-सम्पर्क समितिलाई तपाईले कसरि हेर्नु हुन्छ?
उत्तर :- युरोप जन-सम्पर्क समितिको आवस्यकता छ र यसले युरोपका सम्पुर्ण देशहरुमा रहेका जन-सम्पर्क समितिहरु विचमा पुलको काम गर्न सक्नु पर्दछ। तर अहिले सम्म यसो हुन सकेको छैन। आशा गरौं निकट भविष्यमा होला।
प्रश्न नं (९) अन्तमा हामिलाई केहि सुझाब दिनु हुन्छ कि?
उत्तर :- बन्द कोठा भित्र वसेर छदमभेषी नामहरु र ईमेल आइडीहरुले यहाँका संस्थाहरु, साथिहरुलाई बद्नाम गराउन साईवर गिरोह सक्रिय रुपमा लागेको छ। अनलाईन खबरहरुमा यसको विशेष प्रभाव छ। तपाईंहरुको यो वेवपेज (अनलाईन न्युज) त्यो प्रब्रित्तीको शिकार नबनोस। अन्तमा नेपाली हिन्दू नारीहरुको महान चाड तीज, हाम्रो सन्निकट नाचिरहेको नेपालीहरुको महान चाड विजया दशमी र शुभ-दीपावलीको पुनित अवसरमा स्पेनवासी लगाएत सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।

एकराज गिरी
बार्सिलोना, स्पेन।